काठमाडौं । ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ मा सहभागिताका लागि दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताएका छन् ।
‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने खरेलको भनाइ छ ।
सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उनले भने, ‘कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाईं अझ सुदृढ गर्न ज्ञान मिलेको छ । यसबाट हालै हाम्रो देशमा स्थापना भएको केन्द्रलाई सबल बनाउन टेवा पुग्ने छ ।’
सञ्चारमन्त्री खरेलले केन्द्रलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए । साथै एआईका माध्यमबाट प्राप्त अवसर, राष्ट्र निर्माणमा यसको अधिकतम उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गरेका छन् ।
‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफरमेसन’का लागि लिडरसिप फोरम उपलब्धिपूर्ण भएको उनको भनाइ छ ।
प्रतिक्रिया