काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने भएका छन् । सोमबार राति पक्राउ परेका प्रसाईंलाई ४ दिन हिरासतमा राखि अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।
उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका प्रहरीले अदालतसमक्ष अनुमति मागेको थियो ।
प्रसाईंले ७ मंसिरदेखि देशै ठप्प पारेर व्यवस्था उल्ट्याउने गरी आन्दोलन थाल्ने बताउँदै आएका थिए । उनले केही दूतावासहरुमा आफूलाई देखाएर अन्यले बम प्रहार गर्नसक्ने पनि बताएका थिए ।
एकपछि अर्को गरी उत्तेजक अभिव्यक्ति दिएका प्रसाइँलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको थियो । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठक भएको छलफलको आधारमा सोमबार मध्यराति उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया