झापामा प्रहरीको ‘स्वीप अपरेशन’ : १० जना पक्राउ, ४ मोडिफाइ मोटरसाइकल नियन्त्रणमा

विहीबार, ०४ मंसिर २०८२

झापा :  झापामा प्रहरीले ‘स्वीप अपरेशन’ शुरु गरेको छ ।  बिर्तामोड क्षेत्रमा रातभर गरिएको ‘स्वीप अपरेशन’मा प्रहरीले १० जनालाई पक्राउ गरेको छ भने मोडिफाइ गरी ठूलो आवाजमा कुदाइएका ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।


इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको १३ जनाको टोलीले वुधवार राति १० बजेदेखि विहान २ बजेसम्म बिर्तामोड नगरपालिकाका विभिन्न क्षेत्रमा सर्च अपरेशन, होटल चेकिङ तथा शंकास्पद रूपमा हिँडडुल गर्ने व्यक्तिहरूको चेकजाँच गरेको थियो। 
प्रहरीले अपरेशनका क्रममा विभिन्न कारणले शंकास्पद देखिएका १० जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । 


प्रहरीले बिर्तामोडका  ४३ वर्षीय मदन कुमाल लोहागुन, अर्जुनधारा ११ का ३३ वर्षीय बिक्रम गिरी, अर्जुनधाराकै २९ वर्षीय  गोकुल शिवाकोटी , मोरङको लेटाङ ९ का २८ वर्षीय सृजना कार्की , रवि १ पाँचथरकी ३० वर्षीया प्रमिस्का लिम्बू , मेचीनगर १० झापाका १९ वर्षीय  विशाल दनुवार , बिर्तामोड ३ का १९ वर्षीय  सुरज राजबंशी , बिर्तामोड ५ का २२ वर्षीय निलम तामाङ अर्जुनधारा ७ निवासी २० वर्षीया  प्रार्थना खड्का कनकाई ३ का ३५ वर्षीय   सन्तोष ओझा लाई पक्राउ गरेको हो । 


त्यस्तै प्रहरीले मोडिफाइ गरेका चार वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।


प्रहरीले बिर्तामोड क्षेत्रमा बढ्दो रात्री गतिविधि, होहल्ला, मोडिफाइ सवारी र सुरक्षा जोखिमलाई नियन्त्रण गर्न नियमित स्वीप अपरेशन जारी रहने जनाएकको छ ।  यस अघिपनि प्रहरी बिर्तामोड क्षेत्रमा स्वीप अपरेशन चलाएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार