एनपीएल: सुदूरपश्चिमले दियो कर्णालीलाई १४० रनको लक्ष्य

सोमबार, ०८ मंसिर २०८२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोड्यो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा ३९ रन बनाए । हर्मित सिंहले १९, आरिफ सेखले २७ रन जोडे। ओपनर जस ब्रोन पहिलो बलमै ‘डक’ भए।

कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट झारे।

यसअघिका दुवै खेल जितेको सुदूरपश्चिम अपराजित छ। कर्णालीले लुम्बिनीलाई पछिल्लो खेलमा हराए पनि पहिलो खेलमा चितवनसँग पराजित भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार