एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए Pulsar N160 मोटरसाइकल

सोमबार, २९ मंसिर २०८२

 काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ ।

‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले शनिवार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरेको हो ।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन् ।

विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो । लामिछानेले १७ विकेट हात पारेका हुन् ।

यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ । यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने– “कम्पनीले खेललाई सधैँ प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैँ प्रतिबद्ध छौँ।” यसअघि कार्त्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट सङ्घ(क्यान) बिच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो ।

कीर्तिपुर अन्तर्राष्ट्रिय रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण मङ्सिर २७ गते शनिवार सम्पन्न भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार