काठमाडौ । कवि दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “आगमन“ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमाडौको प्रज्ञा भवन कमलादीमा विमोचन भएको छ ।
हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमलाले राखेकी थिइन।
बरिष्ठ साहित्यकार डा. रेनुका सोलु , साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक सङ्ग्रह विमोचन गर्नुभयो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए।
अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ र 'आगमन “ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योगदानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए।
नेपाल मुकतक सधका अध्यक्ष रामकाजि काने ले साहित्यकार योञ्जनले साहित्यका बिबिध क्षेत्रमा पुर्याउनु भएको योगदान अमुल्य रहेको बताए ।
बरिष्ठ साहित्यकार डा रेणुका सोलुले मुक्तक संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिए ।
त्यस्तै अर्की साहित्यकार उषा शेरचनले परदेशमा रहेरपनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुयाउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले साहित्यकार योञ्जनले अमेरिकामा रहेर पनी नेपाली माटोमा आफुलाई उभ्याउन सफल भएको बताए ।
साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छे को भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँया ले, अनुराग सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन ।
प्रतिक्रिया