काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिलाई थप विस्तार गर्दै ३३ जना नयाँ सदस्य मनोनीत गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल र विवेकशील साझा पार्टीसँगको एकतापछि रास्वपाले केन्द्रीय संरचनामा नयाँ अनुहारहरू समेटेको हो ।
आइतबार दिउँसो र साँझ बसेका केन्द्रीय समिति बैठकहरूले क्रमशः नयाँ सदस्यहरू मनोनीत गरेका हुन् । पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार, दिउँसो बसेको बैठकले विवेकशील साझा पार्टी परित्याग गरी रास्वपासँग एकतामा आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो ।
त्यसपछि साँझ सवा ७ बजे काठमाडौंको घण्टीघरमा पुनः बसेको केन्द्रीय समिति बैठकले थप २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । यससँगै आइतबार मात्रै रास्वपाको केन्द्रीय समितिमा ३३ जना नयाँ सदस्य थपिएका छन् ।
बालेन शाह टिमबाट मनोनीत केन्द्रीय सदस्यहरू
बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद केन्द्रीय समितिमा मनोनीत भएका छन् ।
विवेकशील साझा पार्टी छाडेर रास्वपामा समाहित भएका केन्द्रीय सदस्यहरू
समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना केन्द्रीय समितिमा मनोनीत भएका छन् ।
प्रतिक्रिया