प्रचण्ड पुगे दिल्ली, ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुने

आइतबार, २० पुस २०८२
File Photo

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० भारतको नयाँ दिल्ली पुगेका छन्।

नेपाली समाज भारतको आयोजनामा सोमबार हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन दाहाल आज साँझ दिल्ली पुगेका हुन्। दाहालको सचिवालयका अनुसार उक्त कार्यक्रममा उनले प्रवासी नेपाली समुदायसँग संवाद गर्नेछन्।

कार्यक्रमको उद्देश्य नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने रहेको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए।

संयोजक दाहालले कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसर तथा एकता र सहकार्यका विषयमा समसामयिक सन्देश दिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

दाहाल सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार