झापा। झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–३ डाँडा गाउँस्थित लालबहादुर रसाइलीको खेतमा एकवटा जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। आज (मंगलबार) बिहान हात्ती मृत फेला परेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी सहायक निरीक्षक गेहतनाथ तिम्सिनाको कमान्डमा टोली खटिँदै घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ।
सो घटनाबारे डिभिजन वन कार्यालय भद्रपुरलाई जानकारी गराइसकेको र वन कार्यालयको टोली पुगेर मुचुल्का उठाउने तयारीसँगै कारण खुलेको अनुसन्धान कार्य अघि बढाइरहेको जनाएको छ।
हात्तीको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया