राष्ट्रियसभा सदस्य निर्वाचन: नेकपाको दुई उम्मेदवारको  मनोनयन दर्ता

बुधबार, २३ पुस २०८२

विराटनगर :  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गरिएको छ । 

नेकपाबाट दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपानेले मनोनयन दर्ता गरेका हुन् । 

न्यौपानेको प्रस्तापक गणेश उप्रेती र समर्थक गीता तिम्सिना छन् । सुन्दासको प्रस्तापक सपना परियार, समर्थक नमोनारायण माझी छन् । नेकपाबाट अन्यतर्फको उम्मेदवार  भनिएका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न आइपुगेन् । 

कांग्रेस एमाले गठबन्धनबाट दलित तर्फ एमालेका सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेसका सुनिल थापाले मनोनयन दर्ता गरेका थिए । अन्यतर्फ कसैको उम्मेदवारी नपरेका कारण थापा निर्विरोध भएका छन्। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार