नियमित र विशेष महाधिवेशनका विषयलाई लिएर कांग्रेसका जिल्ला नेताहरु विभाजित

शुक्रबार, २५ पुस २०८२
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसको महाधिवेशनका विषयलाई लिएरु केन्द्र देखि तल्लो तह सम्मका नेता कार्यकताहरुमा विभाजित मानसिकता बढ्ने थालेको छ । 

काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तिब्र रुपमा भईरहेको समयमा काँग्रेसमा आस्था राख्ने सामान्य कार्यकर्ता देखि लिएर विभिन्न तहका फरकफरक खाले धारणा सार्वजनिक भई हुने क्रम पनि बढेको हो । 

विहीबार मात्र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेको भोली काठमाडौंकै क्षेत्रीय समितिका नेताहरु विशेष महाधिवेशनको  विपक्षमा आफनो धारणा सार्वजनिक गरेका छन् । 

सभापति बानियाँले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष महाधिवेशन सहभागी हुन आह्वान गरेका हुन् । तर शुक्रबार नै काठमाडौंकै नौं जना क्षेत्रीय सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको विपक्षमा उभिएका हुन् ।

उनीहरुले नेपाली कांग्रेसले पार्टीको विधानअनुसार तय भइसकेको नियमित महाधिवेशनको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा अंवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक नहुने धारणा राखेका छन। 


पार्टीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, मिति २०८२ मंसिर १५ गतेका लागि तय गरिएको महाधिवेशन कार्यतालिका २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधन गर्दै १५औँ महाधिवेशनको मिति २०८३ वैशाख २८ देखि ३१ गतेसम्म तय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको अर्थ नभएको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा वर्तमान संवेदनशील राजनीतिक अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टी हितविपरीत हुने र यसले पार्टीलाई विभाजनतर्फ धकेल्न सक्ने खतरा औंल्याइएको छ । साथै विशेष महाधिवेशनको मागलाई अघि बढाउँदा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई गम्भीर क्षति पुग्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देशलाई अस्थिरतातर्फ जानबाट रोक्न र आम निर्वाचनको तयारीमा एकताबद्ध भई लाग्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र परिपत्र पार्टीको आधिकारिक निर्णय भएकाले कार्यावन्यन गर्न पनि उनीरुले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन। 
विज्ञप्तीमा काठमाडौं क्षेत्र नम्बर १ समितिका सभापति कवीर शर्मा, क्षेत्र नम्बर समितका ५ सभापति श्याम बहादुर खड्का, क्षेत्र नम्बर ६ समितिका सभापति श्यामकृष्ण खड्गी, क्षेत्र नम्बर ७ समितिका का.वा. सभापति नविन मानन्धर, क्षेत्र नम्बर ८ समितिका सभापति राजेश श्रेष्ठ, क्षेत्र नम्बर ९ समितिका सभापति जयकृष्ण महर्जन, क्षेत्र नम्बर १० समितिका सभापति पुकार महर्जन तथा काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्य रहेका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार