एमाले प्रतिपक्षमा बस्छ-विष्णु पौडेल

शुक्रबार, २३ मंसिर २०७९
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले प्रतिपक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका हुन् । माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले त्यस्तो खेलमा एमाले नलाग्ने बताए । पौडेलले भने, ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’ नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको बताएका छन् । चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पौडेलले बताए । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरु पूरा गर्न भूमिका खेल्ने बताएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार