काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार महामन्त्री पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि महामन्त्री पौडेलले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत जानकारी दिए ।
पौडेलले भने, ‘नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको छ । विधि, विधान अन्तरगत पार्टी चलाउनका लागि जोडबल गरिरहेका छौं । पार्टीभित्रका सबैखाले अन्तर विरोधहरु अब अन्त्य भएर जाने छन् । अब निर्वाचनको सन्र्दभमा ल्याइने दृष्टिकोण १० गते सार्वजनिक गर्दैछौं । घोषणा पत्र सार्वजनिक गर्छौं ।
काठमाडौं क्षेत्र नम्बर ५ बाटै राप्रपाका कमल थापा, नेकपा एमालेका नेता ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रतिक्रिया