सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : इतिहासविद् उपाध्याय

शुक्रबार, १६ माघ २०८२

काठमाडौं :  सहिद सुवेदार दयाराम खड्कालाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायले बताएका छन् ।

शुक्रबार सहिद दिवसको अवसरमा नालापानी युद्धका वीर योद्धा सहिद सुवेदार दयाराम खड्कालाई श्रञ्जली अर्पण गर्दै उपाध्यायले दयाराम खड्काले गोरखाली, नेपाली भनेर संसारभर प्रसिद्ध गराएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताएका हुन ।

 

उपाध्यायले भने, ‘नालापानीको लडाई भनेपछि विश्वकै इतिहासमा प्रसिद्ध छ । यो प्रसिद्ध हुनुपर्ने कारण दयाराम खड्का जसको वीरताको गाथा नालापानीले बोकेको छ । यस्तो हाम्रो विभूतिलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ । किनभने उहाँको योगदान छ । उहाँले नै गरेर हामी गोरखाली, नेपाली भनेर संसारभर प्रसिद्ध भएको हो ।’
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार