भूतपूर्व सुरक्षाकर्मीहरुलाई सम्मान गर्न राजु पाण्डेको माग

शुक्रबार, १६ माघ २०८२

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फवाट उम्मेदवार रहेका राजु पाण्डेले राज्यले भूतपूर्व सुरक्षाकर्मीहरुलाई पनि सम्मान गर्नु पर्ने बताएका छन। 

 

रास्वपाका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदर रहेका काठमाडौं महानगरपालिकाको पूर्व महानगर प्रहरी प्रमुख समेत रहेका पाण्डे राज्यले भूतपूर्व सुरक्षाकर्मीहरुलाई समेत सम्मान गर्नु पर्नेमा जोड दिएका हुन। 

 

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार पाण्डे  राज्यले बजेट ल्याउने बेला बाहलवाला कर्मचारीलाई महंगी भत्ता भनेर दिएपनि भूतपूर्व सुरक्षाकर्मीहरुको लागि त्यस्तो व्यवस्था नभएको भन्दै राज्यले भूपू सुरक्षाकमीहरुलाई पनि सम्मान गर्नुपर्ने बताए ।
पाण्डेले भने सुरक्षाकर्मी भनेको जति बेला पनि राज्यलाई आवश्यक पर्ने समूह हो । उनीहरुलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने लाग्छ ।’ यस्तै, पाण्डेले सुरक्षाकर्मीहरु आफ्नो घर परिवार, छोराछोरी एकातिर छाडेर राज्यको सुरक्षाको लागि खट्ने गरेको स्मरण समेत गरे । 

पाण्डेले सरुवा बढुवा हरेक कुराको लागि राजनीतिक हस्तक्षेप हुने गरेको पनि आरोप लगाएका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार