भोजपुरमा प्रजातान्त्रिक योद्धा राईको शालिक अनावरण

शुक्रबार, १६ माघ २०८२

टक्सार : भोजपुरमा प्रजातान्त्रिक योद्धा दिवानसिंह राईको शालिक अनावरण गरिएको छ । भोजपुरको नेपाली काँग्रेस पार्टी कार्यालय बिपी स्मृति भवन परिसरमा निर्माण गरिएको राईको शालिकको आज अनावरण गरिएको हो । 
प्रजातान्त्रिक योद्धा दिवानसिंह राईकी छोरी एवं पूर्वसभासद कुमारी लक्ष्मी राईले एक कार्यक्रमका विच शालिक अनावरण गरेकी हुन्। 

भोजपुरको तत्कालिन छिनामखु गाविसमा १९८१ सालमा जन्मिनुभएका दिवानसिंह २०१५ सालमा बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको सरकारमा गृहराज्यमन्त्री समेत रहेका थिए । मुलुकमा पञ्चायती व्यवस्था सुरु भएसँगै राईलाई  २०१७ पुस १ गतेपछि निरन्तर आठ वर्ष बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र तथा योगेन्द्रमान शेरचनहरूसँगै सुन्दरीजल जेलमा राखिएको थियो ।

 

जेल जीवन पश्चात राई शिक्षा र सामाजिक अभियानसँगै राजनीतिक आन्दोलनमा सक्रिय भएको छोरी कुमारी लक्ष्मीले बताइन । राई साहित्यकार समेत रहेको र उहाँका ‘निर्दोष हत्या’ र ‘रिकुटे’लगायत कृति प्रकाशित रहेको छोरी कुमारी लक्ष्मीले जानकारी गराइन ।

 प्रजातान्त्रिक आन्दोलनका योद्धा राईको २०२९ भदौ २ गते कुमकुम झोडामा हत्या गरिएको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार