जसपाले ककसलाई बनायो समानुपातिक सांसद

आइतबार, २५ मंसिर २०७९
जनता समाजवादी पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ सांसद हुनेहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। जसपाले प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान जनालाई समानुपातिक सांसद बनाएको उक्त पार्टीका एक नेताले जानकारी दिए। समानुपातिक सांसद चयन र चुनावी समीक्षाबारे शनिबार बसेको कार्यकारिणी समिति बैठकमा छलफल भएको थियो। उक्त पार्टीले प्रदेश सभाका लागि पनि समानुपातिकतर्फ सांसद टुंगो लगाएर आयोगमा बुझाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार