सुनसरी निर्वाचन क्षेत्र नं ४ मा ८१ हजार २ सय ३३ मत खसेको छ । बहालवाला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्र रहेको सुनसरी(४ मा १ लाख २८ हजार ६५ मतदाता रहेका थिए । प्रदेशसभा तर्फ १ मा ४१ हजार ५ सय ९ मत खसेको छ भने प्रदेश सभा २ तर्फ ३९ हजार ७ सय २४ खसेको छ ।
प्रदेश सभा १ मा ६७ हजार ६ सय ३३ र प्रदेश सभा २ मा ६० हजार ४ सय ३२ मतदाता रहेका थिए।
सुनसरी ४ को प्रदेश सभा १ अन्तर्गत वराहक्षेत्र नगरपालिकाका ६ वटा वडामा २१ हजार ९ सय ९ मत खसेको थियो । रामधुनी नगरपालिको ४ नम्बर वडामा २ हजार ९ सय ८ र कोसी गाउँपालिकामा १६ हजार ६ सय २८ मत खसेको थियो ।
त्यस्तै प्रदेश सभा २ तर्फ हरिनगर गाउँपालिकामा १४ हजार १ सय २९, भोक्राहा गाउँपालिकामा १६ हजार ६ सय, इनरुवा नगरपालिकाको ३ वटा वडामा ८ हजार ९ सय ९५ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालयका अनुसार सुनसरी ४ को मतगणना इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा गरिनेछ । मतगणना १ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया