विराटनगरमा आजदेखि विराट एक्स्पो सुरु हुदै छ ।
एक्स्पोको स्टल निर्माण लगायतका सबै तयारी पूरा भइसकेको विराट एक्स्पो आयोजक समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी विगतमा भन्दा फरक र भव्य हुने आयोजक समितिको दाबी छ । एक्स्पोका संयोजक दुलालले विगतका भन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए ।
प्रविधिसँगै एक्स्पोमा रोवटसँग भेटघाट, भीआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउन्टेन फ्लाइट, कृषि, पर्यटनको छुट्टै पेभेलियन रहेको छ । उद्योग, व्यवसाय, कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने आयोजकको दाबी छ ।
एक्स्पोमा विभिन्न क्षेत्रका ४ सय ७५ प्रबद्र्धकहरू सहभागी हुने भएकाले नयाँ सोच भएका युवाहरू, नयाँ व्यापार व्यवसाय गर्न चाहनेहरू, किसान, पर्यटन व्यवसाय गर्ने सोच भएकाहरूले एक्स्पोबाट लाभ लिन सक्नेछन् ।
प्रतिक्रिया