सम्झनामा असार पन्ध्र

शुक्रबार, १५ असार २०८०
दामोदर ढुंगेल आज मैले के सम्झें, के सम्झें परदेशमा बसे पनि खेत जोतेको सम्झें आलीको डिलमा बसेर चाम्रे र पिरो गुन्द्रुकको अचारको स्वाद सम्झें घुम ओडेर जिउ भिज्न जोगाएको अनि घुँडा घुँडा पानीमा कहिले राँगा कहिले गोरु जोतेको सम्झें हे झरी, आज मैले के सम्झें के सम्झें ***** आज मैले के सम्झें के सम्झें गाडीको वाइपरले पानी तरकाउँदा वर्खे छुट्टि अघि कपडाको झोलामा राखेको किताब भिज्ला कि भनि स्कुले सर्टको भित्र पटि लुकाएको सम्झें हे झरी, आज मैले के सम्झें के सम्झें ***** आज मैले के सम्झें के सम्झें पर कतै ट्याकटरले खेत जोतेको देख्दा काठको हलोमा लागेको लुँडी खुट्टाले घचेडेको सम्झें हतार गरेर राँटा छोड्दा रोपाहारले गाली गरेको सम्झें हे झरी, आज मैले के सम्झें के सम्झें ***** आज मैले के सम्झें के सम्झें बर्गर, पिज्जा, स्याण्डबिच देखेर कहिले नबिर्सने दही चिउरा र मालभोग केरा सम्झें खाँदा नअघाएको लागेर अझै थपेको सम्झें अनि चिउरा ढाडिए पछि अटेस मटेस भएको सम्झें हे झरी, आज मैले के सम्झें के सम्झें ***** आज मैले के सम्झें के सम्झें विदेशी गीतकाबीच मेरो आफ्नै असारे भाका सम्झें जानी नजानी गीतको अन्तिम शब्दलाई तन्काएर  गाएको सम्झें टुक्का मिलाउन नसक्दा लजाएको सम्झें हे झरी, आज मैले के सम्झें के सम्झें

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार