प्रभावकारी शिक्षामा जोड दिदैँ दुहबीको महेन्द्र मेमोरियल एकेडेमी

बुधबार, २७ असार २०८०
दुहबी/ सुनसरीको दुहबीस्थित महेन्द्र मेमोरियल एकेडेमी शैक्षिक संस्थामध्ये अग्रणीमा पर्छ । पछिल्लो समय एकेडेमीले कक्षा ११ र १२ पनि सुरु गरेसँगै हाल विद्यार्थीको बढ्दो चाप छ । विद्यालयका प्रधानाध्यापक निश्चलराज शाक्यकाअनुसार हाल प्ले ग्रुपदेखि कक्षा १२ सम्म करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् । खासगरी विद्यालयले साइन्स एन्ड ल का विषय अध्यापन गराउन थालेपछि विद्यार्थीको चाप बढेको उनको भनाइ छ । कक्षा ११ र १२ मा कमर्श र कम्प्युटर साइन्स समेत अध्यापन हुँदै आएको उनले बताए । शैक्षिक हबको रूपमा समेत विकसित भइरहेको दुहबीमा उक्त एकेडेमी अग्रणी शैक्षिक संस्थाको रूपमा आउने गरेको राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकले देखाएको शाक्यको दाबी छ । ‘दक्ष शिक्षक, शिक्षिकाद्वारा अनुशासित वातावरणमा हामीले अध्यापन गराउँदै आएका छौँ,’ प्रधानाध्यापक शाक्यले भने, ‘विद्यार्थीलाई सृजनात्मक बनाउनुपर्छ भनेर हामीले त्यस किसिमका कार्यक्रमलाई पनि प्रोत्साहन गर्दै आएका छौँ ।’ उनका अनुसार एकेडेमीमा दुहबीसहित सुनसरीको गढी गाउँपालिका र मोरङको बूढीगंगा गाउँपालिकाबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आइरहेका छन् । अब स्थानीय विद्यार्थीले चाहेको विषय पढ्नका लागि इटहरी, धरान र विराटनगर धाउन नपर्ने उनको भनाइ छ । कतिपय विद्यार्थीहरू साथीको लहडमा भर्ना हुने परम्परा पनि छ । ‘सबै बुझेर, जानेर आँफूले चाहेको विषय पढ्दा भविष्यमा आँफूलाई सहज हुन्छ,’ उनले भने, ‘हामीले कक्षागत सिकाईसँगै विद्यार्थीहरूलाई व्यवहारिक र सामाजिक सिकाईमा पनि जोड दिएका छौँ ।’ उनले ‘माइ सेकेण्ड टिचर’ प्रयोग गरी विद्यार्थीहरूलाई सजिलो तरिकाबाट प्रभावकारी शिक्षा प्रदान गरिरहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार