कार्यक्रममा बोल्दै पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खड्काले पत्रकार हकहितका निम्ति आफु निरन्तर लागि परेको उल्लेख गरे । बिभिन्न शाखामा उठान भएका मुद्दाहरुलाई केन्द्रिय कार्यसमित सम्म पुर्याएर उक्त मुद्दाको समाधानको पहल नै आफ्नो प्राथमिकता भएको खड्काको भनाई थियो । अर्का केन्द्रिय सदस्य भिषण राइले पत्रकारलाई लक्षित गरी साईबरक्राईम ऐन कार्यान्वयन गर्दा निहत्था पत्रकारहरु पीडित हुनु परेको र त्यस्ता कदमको अन्त्य हुनुपर्ने उल्लेख गरे ।
पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिला बल्लब घिमिरेले पत्रकारका मुद्दा सम्बोधन गर्नका लागि पत्रकारसम्वद्ध संघसस्थाहरुको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । पत्रकार महासंघ प्रदेश १ उपाध्यक्ष हेमा चाम्लिङले सञ्चार ऐन नबनेको अवस्थामा पत्रकारलाई कारबाही तथा नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल भए पनि प्रहरीले काउन्सिललाई पन्छाउने गरेको स्मरण गरिन् ।
कार्यक्रममा बोल्दै प्रेस युनियन केन्द्रिय उपाध्यक्ष डिल्लिराम खतिवडाले पत्रकारिता क्षेत्र संवेदनशिल भएको उल्लेख गर्दै पत्रकारलाई आइपरेका समस्यामा मल्हम लगाउन प्रेस युनियन सधै तत्पर रहेको उल्लेख गरे । उनले राज्यले गर्न नसकेका उदाहरणिय कार्यहरु आफ्नो नेत्रित्वमा प्रेस युनियनले गर्न सफल भएको स्मरण गरे ।
विहान १०ः०० बजेदेखि सुरु भएको साधारणसभाले पत्रकारहरुको पेशागत हक अधिकार र व्यवसायिक एकताप्रति प्रतिबद्धता जनाउँदै गाईघाट घोषणापत्र जारी गरेको छ ।
कार्यक्रममा शाखाले साधारणसभाका अतिथि तथा महासंघका भगिनी संघ, संगठनका प्रमुख तथा पूर्व अध्यक्षहरुलाई मायाको चिनो र कौशल चेमजोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ नामक पुस्तक उपहार प्रदान गरेको थियो ।
साधारणसभामा महासंघका केन्द्रीय सदस्यद्वय भिषण राई र अमर खड्का, प्रदेश १ समिति अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्ष हिमा चेमजोङ, सचिव देवेन्द्र कार्की, सदस्यहरु गोपाल पोखरेल,बिज्ञापन बोर्ड सदस्य बन्दना दनुवार लगायतको आतिथ्यता रहेको थियो । महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष वरिष्ट पत्रकार कौशल चेमजोङ, संस्थापक बद्री काफ्ले, पूर्व अध्यक्षहरु श्याम राई, इश्वर तामाङ, महेश्वर चामलिङ, सल्लाहकारहरु र साधारण सदस्यहरुको पनि कार्यक्रममा सहभागिता थियो ।
प्रतिक्रिया