इटहरी उपमहानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी मणिराम श्रेष्ठलाई

सोमबार, ०४ पुस २०७९
 इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले  वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका छन् । नगरपालिका संघको महाधिवेशनमा नगर प्रमुख पौडेल र उपप्रमुख सङ्गीता चौधरी काठमाण्डौं गएकाले वडा अध्यक्ष श्रेष्ठलाई नगर प्रमुखको जिम्मेवारी दिइएको बताइएको छ । पुस ४ गतेबाट सुरु भएको महाधिवेशन ६ गते सम्म चल्नेछ । सो अवधिसम्मका लागि कार्यवाहकको जिम्मेवारी वडाअध्यक्ष श्रेष्ठलाई दिएको उपमहानगर प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए । आफूलाई पुस ११ गते सम्मका लागि कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार