छलफलबाट सहमति नहुने निश्चित भएपछि अन्ततः नेपाली काङ्ग्रेसले चुनावबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ ।
नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
प्रतिक्रिया