कांग्रेसमा आधिकारिकता को ? निर्वाचन आयोगको ढोकामा सत्ता–संघर्ष

बुधबार, ३० पुस २०८२

काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब औपचारिक रूपमा निर्वाचन आयोगसम्म पुगेको छ ।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरिएको भन्दै कांग्रेस संस्थापन पक्षले पत्र निर्वाचन आयोगमा पेस गरेसँगै पार्टीको आधिकारिकता को भन्ने प्रश्न झनै पेचिलो बनेको छ ।

संस्थापन पक्षले विधानअनुसार कारबाही गरिएको दाबी गर्दै आयोगमा बुझाएको पत्रमार्फत गगन–विश्व समूहलाई पार्टीको जिम्मेवारीबाट बाहिरिएको देखाउन खोजेको छ । तर, यसअघि नै गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूकै नेतृत्वमा विशेष महाधिवेशन प्रक्रिया अघि बढिरहेको र त्यसबाट नयाँ नेतृत्व चयन हुने व्यहोराको पत्र आयोगमा बुझाइसकेका छन् ।

एकातर्फ संस्थापन पक्ष विधान र पार्टी अनुशासनको हवाला दिइरहेको छ भने अर्कातर्फ गगन–विश्व समूहले पार्टी सुधार र विशेष महाधिवेशनलाई नै वैधानिक बाटोका रूपमा प्रस्तुत गरिरहेको छ ।

यस द्वन्द्वको अन्तिम टुंगो अब राजनीतिक सहमतिभन्दा पनि निर्वाचन आयोगको निर्णयले तय गर्ने अवस्था बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार