झापा : वीरता जेसीज बिर्तामोडले आयोजना गरेको ‘जेसीज सप्ताह २०२५’ आज विभिन्न कार्यक्रमसहित सुरु भएको छ। सप्ताहको पहिलो दिन ‘अनुभवको कथा–अन्तरक्रिया’ कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो।
सप्ताह उद्घाटन समारोहमा वीरता जेसीजका अध्यक्ष युवराज कुँवर तथा पूर्व अध्यक्ष एवं राष्ट्रिय महाधिवेशन–१९९९ का कन्भेन्सन डाइरेक्टर राजकुमार पोखरेल प्रमुख अतिथि रहेको जानकारी दिइएको छ। कार्यक्रममा पूर्व अध्यक्ष शिवकुमार अग्रवाल, राजेन्द्र चम्लगाई, किरन श्रेष्ठ, निर्मल भट्टराई, सजेश शिवाकोटी, मिजास पोखरेल र निर्वतमान अध्यक्ष विकास वस्नेतले आफ्ना अनुभव र मार्गदर्शन साझा गरेका थिए।
कार्यक्रमको संयोजन कानूनी सल्लाहकार अमरजीत साहले गरेका थिए भने सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए। कार्यक्रमका क्रममा जेसीज आस्था वाचन तालिम संयोजक सुशील थापाले र मिसन–भिजन खेलकुद संयोजक विवेक खड्काले समेत सहभागिता जनाएका थिए।
अध्यक्ष कुँवरले जेसीज सप्ताहले युवा नेतृत्व विकास, समुदायप्रतिको जिम्मेवारी र संस्थागत सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सप्ताहको दोस्रो कार्यक्रम अन्तर्गत अर्जुनधारा–६ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पोषण आहार वितरण गरिएको थियो। सो कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बालबालिकाको स्वास्थ्य र शिक्षा प्रति सहयोग खेर नजाने भन्दै कार्यक्रमको प्रशंसा गरे।
सरोकार केन्द्रमा प्रदान गरिएको पोषण सामग्रीमा हर्लिक्स २ कार्टुन, चामल दुई बोरा, दाल ५ केजी, नून ५ केजी, तेल ५ लिटर, मुरई ३ बोरा, लुगा धुने साबुन, नुहाउने साबुन र सरसफाइका सामग्री समावेश रहेका थिए। यी सामग्री सरोकार केन्द्रका प्रतिनिधि गंगाराम खनाललाई हस्तान्तरण गरिएको थियो।
वीरता जेसीजले जेसीज सप्ताहअन्तर्गत आगामी दिनमा पनि विभिन्न सामाजिक, नेतृत्व विकास तालिम तथा समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
प्रतिक्रिया