कांग्रेस एकतामा फर्किनुपर्ने प्रेस युनियनको जोड

बुधबार, ३० पुस २०८२

काठमाडौँ : नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच नेपाल प्रेस युनियनले पार्टी एकतामा जोड दिएको छ । युनियनले मुलुक र लोकतन्त्रको भविष्यलाई केन्द्रमा राख्दै कांग्रेस नेतृत्वलाई विभाजन होइन, एकताको बाटो रोज्न आग्रह गरेको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सोमबार जारी गरेको विज्ञप्तीमा लोकतान्त्रिक दलहरू कमजोर हुँदा त्यसको प्रत्यक्ष असर सञ्चार क्षेत्रमै पर्ने उल्लेख छ । दलभित्रको विभाजनले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामा समेत जोखिम बढ्ने उनको भनाइ छ ।

विज्ञप्तीमा संविधान र लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसजस्ता जिम्मेवार लोकतान्त्रिक दलहरूको एकता अपरिहार्य रहेको उल्लेख गरिएको छ । “लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर कांग्रेसका सबै जिम्मेवार नेताहरूले विभाजन नभई एकताको यात्रा तय गर्नुपर्छ,” विज्ञप्तीमा भनिएको छ ।

युनियनले देशभर आवद्ध पत्रकारहरूलाई समेत अस्थिर नबनी एकताको पक्षमा स्पष्ट अभिमत प्रकट गर्न आग्रह गरेको छ । कांग्रेसभित्रको वर्तमान विवाद समाधान नहुँदा लोकतान्त्रिक अभ्यास र सञ्चार क्षेत्र दुवै प्रभावित हुने चिन्ता युनियनले व्यक्त गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार