डेक्स : अत्यधिक चिसो र हिमपातका कारण बिरामी परेका पाँच जना नेपाल प्रहरीका सदस्यलाई नेपाली सेनाले आज हवाई उद्धार गरी सुर्खेत पुर्याएको छ।
इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भई आउँदै गर्दा बाटोमा परेको कठ्याङ्ग्रिँदो चिसो र लगातार हिमपातका कारण उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको प्रहरीले जनाएको छ।
स्वास्थ्यमा समस्या आएपछि उनीहरू प्रहरी चौकी ‘धो’ मा विरामी अवस्थामा रहेका थिए।
उनीहरूको अवस्था चिन्ताजनक बनेपछि आज शुक्रबार नेपाली सेनाको हेलिकोप्टरद्वारा दुई चरणमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
उद्धार गरिएका पाँचैजनालाई थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया