काठमाडौँ : निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई राजनीतिक दलको रूपमा दर्ता गर्ने निर्णय गरेको छ। आयोगले शुक्रबार पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको जनाएको छ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० अनुसार विभिन्न वामपन्थी दल र समूह एकीकरण भएर बनेको नयाँ पार्टीलाई आयोगले दल दर्ताको अधिकार दिएको हो। आयोगका अनुसार १० वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणापछि भोलिपल्ट अर्थात् २० कात्तिकमा दर्ताका लागि निवेदन पेश गरेको थियो।
साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो। नयाँ पार्टीको चुनाव चिह्न पाँचकुने तारा तोकिएको छ।
प्रतिक्रिया