काठमाडौं : गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित तीन जनालाई नेपाली काँग्रेसको संस्थापन पक्षले कारवाही गरेको जनाएको छ ।
नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी निर्णय विपरित कार्य गरेको भन्दै ५ वर्ष सम्मका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्धय थापा र शर्मा सहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्ष सम्म साधारण सदस्य समेत नरहने गरी कारवाहीको निर्णय गरेको उल्लेख गरिएको छ ।
केन्द्रीय समितिको वैठकले विशेष महाधिवेशनमा सहभागी अन्य नेता कार्यकर्तालाई आफनो जिम्मेवारीमा फर्कन आह्वान समेत गर्ने निणर्य गरेको छ ।
विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयलाई लिएर नेपाली काँग्रेस भित्र विवाद चुलिदै आएको थियो । विवाद अन्त्य गरेर पार्टी विभाजनबाट वचाउने प्रयास स्वरुप दुवै तर्फबाट छलफल र वार्ता अगाडि बढाइएको थियो ।
वार्ता समिति वनाएर दुवै तर्फबाट वार्ता भएपनि सहमति हुन नसक्दा सभापति देउवा र महामन्त्रीद्धय विच पनि वार्ता भएको थियो ।
सभापतिसंगको वार्तामा सहमति जुट्न नसकेको पछि विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशनका कार्यक्रम अगाडी वढाएको थियो ।
पार्टी विभाजन रोक्ने प्रयास स्वरुप भएको वार्ता र छलफलबाट काँग्रेस नेता कार्यकर्ता उत्साहित भई रहेको समयमा दुवै तर्फले आ आफनो हठ नछोड्दा अन्ततः नेपाली काँग्रेस विभाजन तर्फ उन्मुख भएको छ ।
प्रतिक्रिया