काठमाडौं : विश्वप्रकाश शर्माले विहानै छोडिसकेको महामन्त्री पदलाई जोडेर आफुलाई कारवाही गरेको भनेर सुन्दा आश्चार्य लागेको वताएका छन् ।
नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षिय केन्द्रीय समितिको बैठकले महामन्त्री शर्मा लगायतलाई कारवाही गरेको विशेषमा प्रतिक्रिया दिदै उनले आफुले महामन्त्री विहानै छोडेको बताएका हुन ।
नेपाली काँग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयलाई लिएर विवाद चुलिदै आएको थियो । यही क्रममा गत आइतवार देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ ।
विशेष महाधिवेशन चलिरहेको समयमा समेत पार्टीभित्रको विवाद अन्त्य गरी पार्टीलाई एक ठिक्का वनाउने विषयमा दुवैतर्फको सहभागितामा छलफल र वार्ता भएपनि सहमति हुन सकेको छैन ।
वार्ताबाट समेत सहमति जुट्न नसकेपछि सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रशाश शर्मा सहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्ष सम्म साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो । सो निर्णय संस्थापन पक्षयका नेता मिन विश्वकर्माले सञ्चारकर्मीहरुलाई सुनाएका थिए ।
यता पार्टीले आफुलाई कारवाही गरेको भन्ने विशेषमा विशेष महाधिवेशन स्थलबाटै शर्माले आफुले विहानै छोडेको महामन्त्री पदबाट कारवाही गरिएको साथीहरुले सुनाएको प्रतिक्रिया दिएका हुन ।
प्रतिक्रिया