काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली संकलनको अवधि पाँच दिन थप गर्ने निर्णय गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री, गृहमन्त्रीसहित सरोकारवाला निकायहरूको सुझाव र दर्ताका लागि अझै उच्च भीड कायम रहेकाले म्याद थपिएको हो।
तोकिएको समयभित्र दर्ता गर्न पहुँच नपाएका सर्वसाधारणको सहजताका लागि मंसिर ५ गतेसम्म नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ। यसअघि सरकारले कात्तिक ३० सम्मको समय तोकेको थियो।
अब देशभरका सम्बन्धित कार्यालयमा ५ मंसिरसम्म आप्नो नाम समावेश गराउन सकिनेछ।
प्रतिक्रिया