सानैदेखि जग बलियो बनाउने नयाँ रणनीतिमा किन्डरपिलर

बुधबार, ३० पुस २०८२

इटहरी : विद्यार्थीको जग बलियो बनाउन सानै देखि विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र व्यवहारिक ढंगले ज्ञान आर्जन गर्ने रणनीति बनाएर इटहरीमा रहेको किन्डरपिलर एकेडेमीले शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । 

इटहरी उपमहाानगरपालिका  वडा नम्बर ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र व्यवहारिक ज्ञान सहितका गतिविधिहरुका साथ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो । 

विगत दस वर्षदेखि सञ्चालित किन्डरपिलरले प्ले ग्रुपदेखि कक्षा १ सम्म मात्र पठनपाठन गराउदै आएको छ । विद्यार्थीहरुका लागि तल्लो तहमै जग बलियो बनाउने लक्ष्य राखेको स्कुलले  खेलकुद, सिर्जनात्मक र व्यवहारिक तीनै पक्षलाई जोड्ने नमूना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

सोही अनुसार विन्टर कार्निवल कार्यक्रम अन्तर्गत नयाँ कामको थालनी गर्न लागेको स्कुल सञ्चालक सुभाष लुईटेलले जानकारी दिए । खेलकुद, सिर्जनात्मक र व्यवहारिक पक्षलाई शिक्षासँग जोडेर इटहरी क्षेत्रमा फरक पहिचान स्थापित गर्ने लक्ष्य राखेर यसै वर्षदेखि नयाँ नयाँ कामको थाल्नी गरिनेछ लुईटेलले भने । खास गरेर खेलकुदले सबैलाई एकजुट बनाउन सक्नुका साथै आत्मबल, नेतृत्व क्षमता र काम गर्न सक्ने क्षमता बढाउँछ । सिर्जनात्मकताले सोच्ने शक्ति र दृष्टिकोणलाई फराकिलो बनाउँछ ।  साथै, पढाएका कुरालाई प्रयोग गर्न र जीवनउपयोगी बनाउने पद्धति नै व्यावहारिक शिक्षा हो । उनले थपे । 


‘खेलकुद, सिर्जनात्मकता र व्यवहारिक पक्षलाई शिक्षामा जोड्दा विद्यार्थीलाई सानै उमेरदेखि वास्तविक जीवनमा आउने समस्यासँग लड्न भूमिका खेल्छ,’ लुईटेलले भने, ‘विज्ञान र प्रविधिले दिनदिनै फड्को मारि रहँदा पुरानै शैलीमा शिक्षण गर्ने र गराउने भन्दा केही हदसम्म फरकपन ल्याएर शिक्षण गर्न यस्तो गर्न थालिएको हो ।’

कार्यक्रममा विद्यार्थीसँगै अभिभावकहरूको उपस्थिति रह्यो । कार्यक्रम अन्तर्गत फूड स्टल, गेम स्टल, बुक स्टल, फेस पेन्टिङ स्टल तथा क्रिएटिभिटी कर्नर जस्ता विविध स्टलहरू सञ्चालन गरिएका थिए । क्रिएटिभिटी कर्नरमा बालबालिकाहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै चित्रकला, हस्तकला तथा रंगीन गतिविधिहरूमा सहभागिता जनाएका थिए, जसले अभिभावकहरूको समेत ध्यान आकर्षित गरेको थियो ।

त्यसैगरी, गेम स्टलमा बालबालिकाको उत्साह देखिन्थ्यो भने फुड स्टलमा अभिभावकहरूद्वारा तयार पारिएका विभिन्न परिकारहरूले कार्निवललाई अझ रमाइलो बनाएको थियो । बुक स्टलले बालबालिकामा पठन संस्कृतिको विकासमा टेवा पु¥याउने आशा गरिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार