काठमाडौं : नेपाली काँग्रेसको दोस्रो महाधिवेशनको अगुवाई गरि रहेका महामन्त्री गगनकुमार थापाले संस्थापन पक्षको कारवाहीले आफुहरुलाई विशेष अधिवेशन अगाडि वढाउन सहज भएको वताएका छन ।
संस्थापन पक्षकातर्फबाट केन्द्रीय समितिको वैठकले थापा सहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायतलाई कारवाही गरेपछि प्रतिक्रिया दिदै थापाले सहमतिका लागि आफुहरुले विशेष महाधिवेशन कार्यतालिका परिवर्तन तथा रोकेर संवाद र सहकार्यमा जोड दिदै आएकोमा अव विशेष महाधिवेशन अगाडी वढ्ने बताएका हुन ।
थापाले विशेष महाधिवेशनले निर्वाचन गरेर नेतृत्व चयन गर्ने समेत जानकारी दिए । परिवर्तित समयमा नेतृत्वबाट सभापतिलाई अलग रहेर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जानुपर्ने आफुहरुले माग राखेकोमा गगन थापालाई भन्ने अफवा फैलाएको वताए । थापाले आफुहरुले कसैलाई तोक्न नभनेको तर सभापति उम्मेदवार बन्ने अनी प्रधानमन्त्रीको घोषणा नगर्दा मतदानहरुमा पुनः सभापतिलाई नै काँग्रेसले प्रधानमन्त्रीका रुपमा अघि सारेका भान हुने कुराले अहिलेको राजनितिक परिवर्तन अनुकुल नहुने आफुहरुले आवाज उठाएको मात्र जानकारी गराए ।
थापाले विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने भएका कारण आफुहरुले पार्टी फुटाएको नहुने समेत वताउदै विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा जाने थापाले प्रतिक्रिया दिएका छन ।
प्रतिक्रिया