कविता प्रतियोगितामा सिम्रिका प्रथम

मंगलबार, १२ भदौ २०८०
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् । शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । प्रतियोगितामा एञ्जल राई द्वितीय र रितेश भट्टराई तृतीय भए । प्रतियोगितामा संस्कृति कर्ण, अनिशाकुमारी मण्डल, आयुशा खातुन र टोपनाथकुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा वाचन गरेका अधिकांश कविताले विश्वशान्ति र मानवताका विषयलाई उठान गरेका थिए । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपले स्थापनाकालदेखि नै विद्यार्थीको सर्वागिण विकासमा ध्यान दिएको सुनाए । खड्काका अनुसार शिक्षादीपले समय–समयमा कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुदसहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ । कवि एवं पत्रकार मीनकुमार नवोदित र क्याम्पसका प्राध्यापक डा. विमलकिशोर श्रीवास्तवको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको हो । प्रतियोगिताका प्रमुख निर्णायकसमेत रहेका नवोदितसहित कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का (ज्ञानु) सञ्चालक सदस्य भूपेन्द्र दाहाल (भूपी), रामचन्द्र अधिकारी, कार्यक्रम संयोजक नविनकुमार राय, विमकिशोर श्रीवास्तवलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार