मेस्सी अरु एक वर्ष पिएसजीमा बस्न सहमत

आइतबार, १० पुस २०७९
आफ्नो भविस्यका विषयमा विश्वकप पछि मात्र निर्णय लिने बताएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अन्तत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न तयार भएका छन् । मेस्सी एक वर्षको लागि पेरिसमै रहन सहमत भएको बिबिसीले जनाएको छ । मेस्सी यतिबेला अर्जेन्टिनामै छन् । उनी विजयी र्यालीसँगै खुसियालीमा रमाइरहेका छन् । खेल जिवनीकै उच्च लयमा देखिएका मेस्सीलाई बार्सिलोना फर्काउन पहल थाल्ने अध्यक्ष जोअन लोपार्टाले बताउदै आएका थिए । तर, मेस्सीले पिएसजी मै रहने निर्णय गरेपछि लोपार्टाको उक्त चाहाना कम्तिमा एक वर्ष धकेलिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार