ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, ०६ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
सुनाखरी र लालीगुँरास
प्रदेश खबर
शनिबार, १६ भदौ २०८०
नन्दु उप्रेती
तिमी म भएपछि
म तिमी भएपछि
अर्थात तिमी र म हामी भएपछि
सायद मैले जन्मेको गाउँ छोड्नुपर्छ
हुर्केको ठाउँ छोड्नुपर्छ
तिम्रो हात समाएर
मैले आफन्तहरूसँगको निकटता तोड्नुपर्छ
तिमीसँगको नातालाई अझ दरिलो बनाएर
यो जिन्दगीको बाटो मोड्नु पर्छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
जब हामी जीवनको यात्रामा एउटै बाटोमा देखिनेछौँ
तिमी सम्मानित हैन अपमानित हुने छौ
तिम्रो अगाडि फूलको हैन
काँडाहरूको वर्षा हुनेछ
प्रेमका शुभेच्छा हैन घृणा र आक्रोशका बाणहरूले
बारम्बार तिम्रो हृदय छिया छिया पार्नेछ
तिम्रो शिरमाथि आशीर्वादको स्पर्श हैन
श्राप(अपहेलना)को फणा उठ्ने छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
म आरनमा बसेर
हतियारमा मात्र धार लगाइरहेको छैन
चेतनामा पनि धार लगाइरहेको छु
स्वाभिमानमा पनि पाइन लगाइरहेको छु
जसले तोड्ने छ
युगौँदेखि हामीबीच उभिएको विभेदको पर्खाल
जसले भत्काउने छ
युगौँदेखि हामीबीच उभिएको असमानताको बार
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
मभित्र सहास छ फलामभन्दा बलियो
तिम्रो स्पर्शले झन बलियो बनाएको
मभित्र नदी छ भावनाको, चेतनाको
तिम्रो प्रेमले अझ सङ्ल्याएको
मभित्र दृढताको पहाड छ, हिमाल छ
तिम्रो साथले उभ्याएको
मभित्र फूलजस्तै हृदय पनि छ
तिम्रो खुसीले, तिम्रो विश्वासले, तिम्रो मायाले फुलाएको
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
जिउन सजिलो छैन
तर जीवन साह्रै सुन्दर छ
आँधी, हुरी, बाढी, पहिरो सबै अप्ठ्याराहरूलाई जितौँला
सुनाखरीलाई हेर त
बाङ्गाटिङ्गा हाङ्गाबिङ्गा र पहराहरूमा फुलिरहन्छ
लालीगुँरासलाई हेर त
अप्ठ्यारा भिरपाखामा पनि मुस्कुराइरहन्छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रिमतमा
तिमी कति पनि विचलित नहुनु है ।
हामी बुबाआमा हुनेछौँ
हामी हजुरबुबा, हजुरआमा हुनेछौँ
हामी पुर्खा हुनेछौँ आउने सन्ततिका
त्यसबेला उनीहरूले हामीलाई के भन्छन् थाहा छ ?
अहा ! ती अप्ठ्यारा भिरपाखाहरूमा फुलेका
सुनाखरी र लालीगुँरास त
हाम्रा पुर्खाहरू पो रहेछन्
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृत्यु
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
नेपालले योग र ध्यानमा विश्वकै नेतृत्व लिनुपर्छ : एलपी भानु शर्मा
भोली देखि ‘संयुक्त जेन–जी’ आन्दोलनको घोषणा
डिजिटल पेन्टस् र स्किल सेवा इस्ट्रन नेपालबीचको सहकार्यमा एकदिने प्राविधिक वर्कसप सम्पन्न
सम्बन्धित समाचार
विराटनगरमा अतिथि साहित्यकारको सम्मानमा भेटघाट तथा सिर्जना वाचन
पत्रकार थपलियाले पाउने भए स्थानीय प्रतिभा पुरस्कार
बैदेशिक रोजगारीमा युवाको पीडा र समाजको ऐना बनेका ‘गुरुजी साहित्य’
बुढेसकालमा राम भनी मन्दिर पसेर के पाइन्छ र ?
मेरी काली
प्रतिक्रिया