ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
सुनाखरी र लालीगुँरास
प्रदेश खबर
शनिबार, १६ भदौ २०८०
नन्दु उप्रेती
तिमी म भएपछि
म तिमी भएपछि
अर्थात तिमी र म हामी भएपछि
सायद मैले जन्मेको गाउँ छोड्नुपर्छ
हुर्केको ठाउँ छोड्नुपर्छ
तिम्रो हात समाएर
मैले आफन्तहरूसँगको निकटता तोड्नुपर्छ
तिमीसँगको नातालाई अझ दरिलो बनाएर
यो जिन्दगीको बाटो मोड्नु पर्छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
जब हामी जीवनको यात्रामा एउटै बाटोमा देखिनेछौँ
तिमी सम्मानित हैन अपमानित हुने छौ
तिम्रो अगाडि फूलको हैन
काँडाहरूको वर्षा हुनेछ
प्रेमका शुभेच्छा हैन घृणा र आक्रोशका बाणहरूले
बारम्बार तिम्रो हृदय छिया छिया पार्नेछ
तिम्रो शिरमाथि आशीर्वादको स्पर्श हैन
श्राप(अपहेलना)को फणा उठ्ने छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
म आरनमा बसेर
हतियारमा मात्र धार लगाइरहेको छैन
चेतनामा पनि धार लगाइरहेको छु
स्वाभिमानमा पनि पाइन लगाइरहेको छु
जसले तोड्ने छ
युगौँदेखि हामीबीच उभिएको विभेदको पर्खाल
जसले भत्काउने छ
युगौँदेखि हामीबीच उभिएको असमानताको बार
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
मभित्र सहास छ फलामभन्दा बलियो
तिम्रो स्पर्शले झन बलियो बनाएको
मभित्र नदी छ भावनाको, चेतनाको
तिम्रो प्रेमले अझ सङ्ल्याएको
मभित्र दृढताको पहाड छ, हिमाल छ
तिम्रो साथले उभ्याएको
मभित्र फूलजस्तै हृदय पनि छ
तिम्रो खुसीले, तिम्रो विश्वासले, तिम्रो मायाले फुलाएको
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
जिउन सजिलो छैन
तर जीवन साह्रै सुन्दर छ
आँधी, हुरी, बाढी, पहिरो सबै अप्ठ्याराहरूलाई जितौँला
सुनाखरीलाई हेर त
बाङ्गाटिङ्गा हाङ्गाबिङ्गा र पहराहरूमा फुलिरहन्छ
लालीगुँरासलाई हेर त
अप्ठ्यारा भिरपाखामा पनि मुस्कुराइरहन्छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रिमतमा
तिमी कति पनि विचलित नहुनु है ।
हामी बुबाआमा हुनेछौँ
हामी हजुरबुबा, हजुरआमा हुनेछौँ
हामी पुर्खा हुनेछौँ आउने सन्ततिका
त्यसबेला उनीहरूले हामीलाई के भन्छन् थाहा छ ?
अहा ! ती अप्ठ्यारा भिरपाखाहरूमा फुलेका
सुनाखरी र लालीगुँरास त
हाम्रा पुर्खाहरू पो रहेछन्
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
तामाकोशी बस दुर्घटना अपडेट: नौं जनाको मृत्यु, १० को उद्दार
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया