कार्यक्रमको तेस्रो चरणमा ‘स्ल्याम पोयट्री’ शृङ्खला थियो । कवि युवराज काफ्लेले सहजीकरण गरेको कार्यक्रममा कविहरू शकुन्तला मञ्जरी, किरण चौलागाईँ र योगेन्द्र पराजुलीले प्रस्तुति दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले वीपीले नेपाली साहित्यमा पुर्याएको योगदान जीवन्त रहने बताए ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) का सभापति सुवेक्छु देवान राईले यो कार्यक्रम नितान्त साहित्यसँग सम्बन्धित रहेको बताए । उनले वीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीको अवसर पारेर वीपी सप्ताह कार्यक्रम मनाइरहेको बताए ।
कार्यक्रमको समापनका क्रममा थारु सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । यसैगरी ११ औँ बीपी जयन्तीमा सम्झनास्वरूप ११० वटा मैनबत्ती प्रज्ज्वलन गरिएको थियो ।
प्रतिक्रिया