गजल

शनिबार, २३ भदौ २०८०
  किरण रिजाल ‘अन्जान’ मैले सिख्नु छ अब चतुर्याइँको कला दुनियाँलाई सधैँ बनाउनु छ थला । एउटै खाल्डामा परुन् सब सन्तसाधु अनि चोर लुटेरा डाँका र मेरो होस् भला । झुपडीमा थन्किउन् मेरा दुश्मनहरु मेरै मात्र बनोस् ठूला ठूला घर बंगला । तिता तिता कुरा जहिले मुखमा आउन् कसैले राम्रो आँट्दा अवरोध बनुन् गला । ए किरण, सबैले धर्म संस्कृति जलाए अब त चाइँ आफ्नै देशको झन्डा जला !

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार