चौतारी (कविता)

शनिबार, २३ भदौ २०८०
लक्ष्मी रायमाझी खड्का हिँड्न सक्ने भएको भए म थेच्चिएर बस्ने थिइनँ यसरी गरुङ्गो भरियाको भारी अड्याउने अडेस बनेर बोल्ने सामर्थ्य भएको भए आफ्नै छातीमा थचक्क राख्न दिने थिइनँ ढाकरको पिँध चसक्क घोच्ने गरी सहनुको पराकाष्ठा संँगसँगै चौतारी भनेको पर्खिरहनु हो पर्खिनु भनेको रोकिनु हो रोकिनु भनेको गतिहीन हुनु हो गतिहीन हुनुको कष्ट बगिरहने नदीलाई सोध्नु सायद जवाफ छैन ऊसँग जस्तो जवाफ छैन मेरो मसँग।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार