कोइराला निवासमा कवि गोष्ठी

आइतबार, २४ भदौ २०८०
विराटनगर । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले कवि गोष्ठी आयोजना गरेको छ । संघले राणा शासनविरुद्ध आन्दोलनको विगुल फुक्ने कोइराला निवासमा कविगोष्ठी आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीपीको साहित्यिक योगदानको चर्चासमेत गरियो । लेखक संघ मोरङका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंलगायतले वीपी कोइरालाको बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा विराटनगरसहित इटहरी, दुहबी, झोराहाट, दर्वेशालगायतका स्थानबाट उपस्थित कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रम लेखक संघ मोरङी सचिव शुभलक्ष्मी लम्सालले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार