बीपी साहित्य महोत्सवका लागि जिम्मेवारी बाँडफाँट

आइतबार, २४ भदौ २०८०
  काठमाडौं । आजदेखि सुरु हुन लागेको ‘प्रथम बीपी साहित्य महोत्सव’ को सम्पूर्ण तयारी पुरा भएको छ । कांग्रेसले ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा महोत्सव आयोजना गर्न लागेको हो । उक्त महोत्सवको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान ११ बजे गर्ने तय भएको छ । महोत्सव आइतबार, सोमबार र मंगलबारसम्म संचालन हुनेछ । बीपी साहित्य महोत्सवलाई भव्य रूपमा सफल बनाउन सूचना, संचार तथा प्रचार विभागका सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ । महोत्सवका लागि अतिथि सत्कार संयोजनको जिम्मेवारीमा दिपक कुईकेल र चेतराज रेग्मी रहेका छन् । यस्तै व्यवस्थापन तथा अनुगमन संयोजनमा अशोक नाथ योगीलाई जिम्मेवारी तोकिएको छ । यसैगरी बीपी महोत्सवलाई सफल बनाउन मिडिया संयोजनको जिम्मेवारीमा वरिष्ठ पत्रकार तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य ईन्द्र रिजाललाई जिम्मेवारी तोकिएको छ । फेसबुक तथा टिकटक संयोजनमा राजु मास्के, रेडियो तथा एफ।एम संयोजनमा मोती पौडेल, टि भी तथा ट्वीटर संयोजनमा दिपेन्द्र बान्तवा, प्रत्यक्ष प्रसारण संयोजनमा ई। हुकुम बहादुर बुढा, समाचार संयोजनमा लिलाराज खनाल, स्टल संयोजनमा लवदेव ढुगाना र विष्णुप्रसाद तिमिल्सेना, फोटो संयोजनमा दिनेश विक्रम शाह तथा प्रविधि संयोजनमा ई। अशोक शर्मालाई जिम्मेवारी तोकिएको छ । उक्त तालिका अनुसार पहिलो दिन उद्‍घाटन सहित ८ वटा सेसन रहेका छन् । जसमा बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ रहेको छ । दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साझ रहेका छन्। यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार