तीनजना सर्जकलाई स्रष्टा सम्मान

शुक्रबार, २९ भदौ २०८०
विराटनगर । नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मान तीनजना स्रष्टालाई प्रदान गरिने भएको छ । मोहनलता स्रष्टा सम्मान २०८० बाट इलामेली स्रष्टा विमल वैद्यलाई सम्मान गरिने भएको हो । यो सम्मान १५ हजार रुपैयाँको पुरस्कारसहित प्रदान गरिने जनाइएको छ । यसैगरी दोलखाका सर्जक श्रीबाबु कार्कीलाई ११ हजार रुपैयाँसहितको कविराज स्रष्टा सम्मान प्रदान गरिने जनाइएको छ । यस्तै, झापाकी आरती पोखरेल अनुलाई हेमलता स्रष्टा सम्मानबाट पुरस्कृत गरिने भएको हो । यो सम्मान ११ हजार रुपैयाँसहितको रहेको जनाइएको छ । यी पुरस्कारबारे विवश पोखरेल, तुलसीहरि कोइराला र ममता मृदुलसहितको निर्णायक समितिले निर्णय गरेको हो । घोषित पुरस्कार मंसिर १ गते विराटनगरमा नारी स्रष्टा दिवसका अवसरमा सर्जकहरुलाई हस्तान्तरण गरिने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार