ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
मनमा सजिएको तस्बिर
प्रदेश खबर
शनिबार, ३० भदौ २०८०
विमल वैद्य
फोटो त पर्समै छ
अहिले पनि
निकाल्छु र हेर्छु बेलाबेलामा
छौ हृदयमा पनि
सम्झिन्छु र छाम्छु बेलाबखतमा,
म टाढा छु
तिमी भन्दा निक्कै टाढा
केही सपनाहरूलाई थन्क्याएर आफै भित्र
धेरै रहरहरू पूरा गर्न
तिमीबाट छुटेको पनि त निक्कै भयो ।
एउटा घाइते मन
तापको पीडामा पसिना उमार्दै
कहिले बिगतको दु;खमा उङ्छ
कहिले आगतको उज्यालोमा रमाउँछ
ठेला उमारेर हातमा
सुदर समयको रंगमा रमाउँछ
सोधेर सन्चो /बिसन्चो
आफ्नै पीडामा मल्हम लागाउँछ
पानीका लहरहरूरले उसलाई छोइ भाग्दा
आफू / आफैसंग डराउँछ
अग्लो महलको माथिल्लो छतमा उभिएर
तल हेदै ,
सम्बन्धको गहिराइसंग आत्तिन्छ
तिमी संगको साथ छुटेदेखि नै त हो
यस्तै हुन थालेको पनि।
एक्लो कोठामा कहिले
बादल छाउँछ
कहिले पसिना उमार्छ
त्यही कोठाले
शुन्यताहरू भूगोलको सीमा नाघेर
उतै आफ्नै आँगनमा पुग्छ कहिले
जहाँ स्थगित सपनाहरू
प्रसवको यातनामा छट्पटाई रहेको देख्छ
यता मेरो आकाश
झरीमा रूझेर सधैं रोइरहन्छ
निस्तेज समय
बाध्यतताको पर्खालमा घोप्टिएर चिच्याउँछ
आर्तनाद सुन्ने कानहरू
उसले उतै छोडेर आएको धेरै भयो
यता त केवल आदेश चल्छ
समय बिक्छ
अँ साच्चै ,
एउटा कुरा सोध्न मन लाग्यो
तिम्रो हातको पर्सभित्र
मेरो फोटो छ/ छैन!
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
तामाकोशी बस दुर्घटना अपडेट: नौं जनाको मृत्यु, १० को उद्दार
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया