कृषि विकास निर्देशनालय,प्रदेश १ बिराटनगरका निर्देशक प्रकाश कुमार डाँगीले प्रदेशस्तरका कृषकहरुको कृषि,अनुसन्धान मुलक साथै प्रसार गर्नुपर्ने मुख्य मुख्य समस्याहरु र कृषि प्रविधि प्रसारमा निर्देशनालयको भुमिकाका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनले नेपालकै रैथाने बालीहरुमा प्रविधिको विकास गर्नुपर्ने धारणा राखे । कृषि क्षेत्रमा नयाँनयाँ प्रविधिहरु भित्रिरहेको उल्लेख गर्दै डाँगीले कम लागतमा राम्रो उत्पान गर्न सक्ने प्रविधिको अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै प्रदेश १ कृषि मन्त्रालय बिराटनगरका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले प्रदेशस्तरका कृषकहरुको कृषि र पशुपन्छी अनुसन्धान मुलक तथा प्रसार गर्नुपर्ने मुख्य मुख्य समस्याहरुका विषयमा आफ्नो धारण प्रस्तुत गरेका थिए । महाशाखा प्रमुख पोखरेलले प्रविधि प्रसारमा मन्त्रालयको भुमिकाका विषयमा पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रदेश स्तरमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका तर्फबाट प्राप्त अनुसन्धानमुलक सामाग्रीहरुका विषयमा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्रदेश १ बिराटनगरका प्रमुख मनोज यादवले कृषि क्षत्रमा प्रसार गर्नुपर्ने मुख्य मुख्य समस्याहरु साथै कृषि प्रविधि प्रसारमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको भूमिका विषयकमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कृषि क्षेत्रमा बिभिन्न जटिल समस्याहरु आइरहने र त्यसको समाधान गर्न सहज नहुने भएकाले कृषि क्षेत्र कृषकहरुका लागि चुनौति बनिरहेको परियोजना प्रमुख यादवको भनाई थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेर उपस्थित व्यक्तित्वहरुले प्रदेश १ मा कृषि क्षेत्रमा देखिएका बिभिन्न चुनौतिहरुका विषयमा आ आफ्नो समस्याहरु प्रस्तुत गरेका थिए भने कार्यक्रमा उपस्थित कृषि बैज्ञानिक तथा विज्ञहरुले कृषकका उक्त समस्याहरुको समाधानका विषयमा आ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया