ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
विहीबार, २६ असार २०८२
हाेमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
निर्वाचन
विचार
मनाेरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताकाे कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
राेचक
विदेश
साहित्य
"देश"
प्रदेश खबर
सोमबार, ०१ असोज २०८०
मंगेश बस्नेत
देश हारेको यो वेला
म धित फुकाएर रुन पनि सक्दिन
राष्ट्र ओरालो लागेको यो वेला
म मजाले हाँस्न पनि सक्दिन
खै ... के भा को हो मेरो देशलाई ?
कुन ग्रह दशाले सताएको हो
मेरो राष्ट्रलाई ?
हाम्रा विर पुर्खाहरु भक्ति, वलभद्रले
रक्षा गरेको पवित्र भूमिलाई
पराय पाउले विटुलो नपारेको
पुन्य यो धर्तिलाई
जनक, अंशुवर्मा र अरनिको सिपले
कुँदेर वनाको सुन्दर यो मुलुकलाई
सिता र भृकुटीको सतित्वको गंगाजलले
छर्केर शुद्ध पारेको यो मेरो माटोलाई
प्रजातत्त्रको नाममा, लोकतन्त्रको नाममा ... र
गणतन्त्रको नाममा
शुसासन र समृद्धिको नाममा
अनि – देश र जनताको नाममा
काण्डै काण्डको कथा वुन्न
भ्याई नभ्याई भइरहेछ आजभोलि
देश, राष्ट्र अनि जनतालाई
एकातिर थन्काएर
भ्रष्टचारको दलदलमा जताततै चुर्लुम्म डुवाउन
फूर्सदै कहाँ छ र हिजो आज
अनि – त कतै
वाख्राको नाममा, कतै सर्पको नामा
कोभिडको नाममा, औषधिको नाममा
मान्छे ओसारपसारको नाममा त कै जग्गाको नाममा
... र अझै सुन र डलरको नाममा
अरु के के को नाम भजाएर हो ?
अरु के के काण्डको नाम साटेर भनुँ ?
थुप्रै थुप्रै काण्डहरुको फोहोर डंगुर
सगरमाथा झै चुलिदो छ
अझ–
श्रीमती, छोराछोरी, भाई भतिजो, भान्जा भान्जिको
नाताको त कुरै नगरौ
क्षमता र योग्यताको न कुरा गरुम
राजा राम शाह, जनक अनि
मुक्तियारी भिमशेनको न्यायको त कुरौ छाडौ
छि ... घिन लागेर आउँछ
घृणा पलाएर झाँगिन्छ
सायद विश्व मानचित्रमा
नालायक राष्ट्रको रुपमा रुपान्तिरित
विचरा मेरो मुलुक
डाको छोडेर चित्कार गर्दै
रुन सक्ने भए
दुनिया नै थर्काउने गरी रुन्थ्यो होला
हुन सक्थ्यो आत्मदाह नै गथ्र्यो होला
तर ... अचेल मेरो देश
रमिते भएर टुलुटुलु हेरिरहेछ
पक्षघातले सताएको
सिथिल विरामी झै
लम्पसार परेको छ
... र यस्तै भैरहे
कालान्तरमा एकपल्ट फेरि
बुँढा भक्ति तिमी
पराय दुश्मन लघार्न नभई
देश भित्रकै सत्रु लखेट्नलाई
खुँडा खुकुरी अर्जापेर आउँनु पर्छ
अमरसिंह तिमी–
पश्चिमको गौंडा रुग्न होइन
७७ बटा गौडा भित्रको
मौलाएको विकृत संस्कारहरु ढाल्न
भरुवा, चुलेसी, गुलेली लिएर आउनु पर्छ
अनगिन्ती भ्रष्टाचार, कुरिती
मौलाएको यो जमिनमा, यो धर्तिमा
जनक तिमी– छोरी जन्माउन होइन
हलो र अनौ तिखारेर
व्यभिचारी, राष्ट्रघाती निर्मूल पार्न आउनु पर्छ
अरनि तिमी– एकपल्ट फेरी
क्यानभास, रंगरोकन र कुची वोकेर
वेढंगले कोरीएको यो देशको चित्रलाई
आकर्षक, समुन्नत कलाकारिता पस्कन आउनु पर्छ
अनि सिता, भृकुटी तिमी–
हाम्रा चेलीहरुको अस्मिता किनवेच गर्ने
सेता ब्बाँसाहरुको लागि
फेरी राज्य लक्ष्मीको तरवारको धार टल्काउँदै
फाँसी र काल वनेर आउनु पर्छ
होइन भनेत–
शुसासनको नाममा, दुनियाँ तत्त्रको विस्कुन सुकाएर
हामीलाई दाश वनाउने खेल निरन्तर चलिरहने छ
जनताको रगत र पसिनाको सिनो खाने
नरभक्षिहरुको राज अविरल टिकी रहनेछ
... तर –अव देशलाई दासतावाट जोगाउने हो भने
राष्ट्रलाई यो विकृत जडताबाट
मुक्त गर्ने हो भने
विकल्प– हामीबाटै खोज्ने वेला आएको छ
गम्भीर भएर विमर्श गर्ने दिन आएको छ
नत्र भने त– हाम्रा ति पुर्खाहरुले धिकार्ने छन्
दिन रात सराप्ने छन्
एउटा निश्कलंक, निश्वार्थी, उन्नत
देशको, राष्ट्रको परिकल्पना गरेर
उठौं तिन करोड जुझारु जनता
जुटौं सवै वर्गका प्रताडित जनता
नौटंकी, जन्तामारा शासन चाहिएन अव हाम्लाई
यो आधुनिक सताब्दीमा
दासता स्वीकार्य छैन हामीलाई
हातमा जे छ, साथमा जे छ
सहारा दिने वैसाखी नै भए पनि
अति ढिला भैसक्यो
फेरी– अव एउटा क्रान्ती जरुरी छ– यो देशमा
फेरी – अव एउटा शान्ती आवश्यक छ– यो राष्ट्रमा
फेरी – अव एउटा सुव्यवस्था खाँचो छ– यो मुलुकमा
भूगोलमा चमच जत्रो भए पनि
गर्व गर्न सकुँ– एक चोटी उच्च शिर वोकेको
सगरमाथाको देश भनी ।।।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
सामाजिक संजालमा अफवाह फैलाउने सुनसरीका युवालाई प्रहरीले लियो नियन्त्रणमा
आफ्ना नेतालाई कारबाही गरेपछि बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक
कोशीका मन्त्री विवादमा मुछिँदै, मुख्यमन्त्रीको मौनता
झापामा भारतीय नम्बरको मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, महिला र बालक गम्भीर घाइते
श्रीमतीको छुरा प्रहारबाट धरानमा एक व्यक्ति घाइते
पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो, फेदीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी
सम्बन्धित समाचार
‘राजवृक्षको हाँगो’ कृति विमर्श र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
‘सुनसरी दर्पण’को पहिलो अङ्क विमोचन
‘व्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वाभाविक छ’
सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस
प्रतिक्रिया