ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
मृत्युशैयाबाट
प्रदेश खबर
बुधबार, ०३ असोज २०८०
भरत गुरागाईँ बर्बरिक
युद्ध हारेर फर्केको
एक घाइते सिपाही म
खोलाको बगरमा लडेको छु,
केही बिर्सिन खोज्दैछु
केही सम्झिन खोज्दैछु ।
सानो छँदा बाले
रामगोला छाप साबुन
दली-दली नुहाइदिँदा
म आत्तीआत्ती भागेको
बिर्सिन खोज्दैछु,
साँझमा आमाले
चोर र भूतका कथाहरु सुनाउँदा
डरले आमाको छातीमा टाँस्सिएको
बिर्सिन खोज्दैछु,
एकदम शून्य आकासमा एकटकले हेर्दै
सम्पूर्ण शान्ति खोज्दैछु म यतिबेला ।
ती ईर्ष्यालुहरु
ती डरपोकहरु
ती अवसरवादीहरु
ती परजीवीहरु
ती धूर्तहरु सबै सबैलाई बिर्सिन खोज्दैछु
जसले आफू अग्लो देखिन
बारम्बार मेरो शरीरलाई सिंढी बनाए ।
ती दुश्मनहरुलाई बिर्सिन खोज्दैछु
जसले बारम्बार आक्रमण गरिरहे
तर कहिल्यै आमने-सामने भएनन् ।
पटक-पटक सम्झना आइरहने
त्यो प्रेमिकालाई
चटक्कै बिर्सिन खोज्दैछु
जसले समर्पणको भ्रम छरी र
आफ्नै काखमा राखेर
विश्वासघाती छुरा
मेरो डँडाल्नोमा धसी रही ।
आमा रोएको त्यो साँझ सम्झिरहेछु
जुन साँझ हामी सपरिवार
भोकै सुतेका थियौँ,
त्यो दसैं सम्झिरहेछु
जुन दसैंमा हाम्रो शरीरमा
थोत्रा कपडा थिए र
हाम्रो आँगनमा
मालसिरीको धुन बजेको थिएन,
त्यो साँझको राँके जुलुस सम्झिन्छु-
राति नै देसमा गणतन्त्र आउँदैथियो र
भोलि बिहान लेखिँदैथियो
गरिबको संविधान ।
उसो त सम्झिनलाई थुप्रै कुराहरु छन्
तर बगरमा पल्टेको छु
घाउ असाध्य चहर्
याइरहेको छ
शायद जिन्दगीको घाम डुब्दैछ अब ।
यो मृत्युशैयाबाट
म मेरी आमाको अन्तिम स्पर्श चाहन्छु
क्रान्तिको अन्तिम गीत गाउन चाहन्छु ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
तामाकोशी बस दुर्घटना अपडेट: नौं जनाको मृत्यु, १० को उद्दार
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया