ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, ०६ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
आखिर म को हो ?
प्रदेश खबर
बुधबार, ०३ असोज २०८०
गंगा खनाल
"बौद्ध धर्मावलम्बीको माने जस्तो"
छोरो प्याच्च बोल्छ!
"होइन भदौमा आँखा फुटेको गोरु जस्तो"
श्रीमती व्यंग्य गर्छे!
"अस्सी वर्षे वृद्ध जस्तो"
बा आँखा तर्छन्
"अजङ्गको मूर्ति जस्तो"
छोरी बाँण हान्छे!
"शौचालयको गायक जस्तो"
छिमेकी शंका गर्छन्!
म मलाई नै सोधिरहेछु म के जस्तो?
आफ्नै पेशाको मोहमा फसेर
कपाल र दाह्री लाई तिलचामले बनाएपछि
हिटलर माओ र नेपोलियन नबनेर
बुद्ध,शेक्सपियर र देवकोटालाई अनुसरण गरेपछि,
ऐश्वर्य बिहिन सुदामा बनेर
कुबेरको ढुकुटीमा दृष्टि नदिएपछि
बम,बारुद र बन्दुकको सट्टामा
चकोको टुक्राले कालोपाटी रंगाए पछि
अनि,
अनि घुम्ने मेचमाथि बसेर
कालो धन कुम्ल्याउन नसकेपछि
मैले पाएका उपनामहरुलाई स्वागत गर्छु
हो तिमीहरुकै संज्ञा जस्तो!
दोबाटोमा उभिएर श्रीमतीको फाटेको धोती
छोराको मासिक शुल्क,
छोरीको जन्मदिनको कोसेली,
र बाको खोकीको दबाई
अनि आफ्नै जीर्ण शरीरमा उनिएको
छिया छिया भाको कमिजको कल्पना गर्दै,
पश्चिमी छितिजमा पुगेको
लाली सूर्यको किरणसँग हराउँदै गर्दा
मलाई मेरा परिचित मित्रले प्रश्न गरेथे-
" भन त तिमी के जस्तो? "
लाटोकोसेरोको कुलुलु स्वरसँगै
रातको उत्तरार्धमा
निन्द्राबाट भंगित भएर
ओछ्यानमा कोल्टो फर्किएपछि
फेरि तिनै प्रश्नहरुले मलाई
बारम्बार घोच्ने गर्छन्।
मरो मजदुरीको प्रतिफल
ख्वाक्क खोक्दा निस्किएको
रगतको फाल्सालाई देब्रे हातले छोपेर,
मस्त निद्रामा स्वा स्वा गरिरहेका
मेरा परिवारका सदस्यहरुलाई
मनमनै प्रश्न गर्छु
आखिर म जो भए पनि,
तिमीहरुको चाहिँ को हो?
भीड शहरको मध्यभागमा
ओहोरदोहोर गरिरहेका मान्छेहरूको
ध्यानाकर्षण गर्दै,
निरर्थक एक्कासी चिच्याउन पुग्छ
हो!
म राउटे वस्तीको मुख्या जस्तो,
भारी पाएको भरिया जस्तो,
जिर्ण मन्दिरको पूजारी जस्तो,
आधुनिक कालमा ठडिएको,
साहित्यकारको मूर्ति जस्तो,
तिरस्कृत लोकगीतका स्रष्टा
सारङ्गी लिएको गाइने जस्तो,
कालीगण्डकीको किनारमा रहेको
शालिग्राम जस्तो,
इतिहासका पानामा नाम नअटेको
शहिद जस्तो!
अनि ,
कम्मर पेटीमा प्वाल थप्दै,
चौथाई पारिश्रमिक लिएर
शैक्षिक क्षेत्रमा नै जीवन उत्सर्ग गर्ने
निजी विद्यालयको शिक्षक जस्तो!
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृत्यु
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
नेपालले योग र ध्यानमा विश्वकै नेतृत्व लिनुपर्छ : एलपी भानु शर्मा
डिजिटल पेन्टस् र स्किल सेवा इस्ट्रन नेपालबीचको सहकार्यमा एकदिने प्राविधिक वर्कसप सम्पन्न
झापा गिरीबन्धु टी–स्टेट नजिक मोटरसाइकल दुर्घटना, दुई युवाको मृत्यु
सम्बन्धित समाचार
विराटनगरमा अतिथि साहित्यकारको सम्मानमा भेटघाट तथा सिर्जना वाचन
पत्रकार थपलियाले पाउने भए स्थानीय प्रतिभा पुरस्कार
बैदेशिक रोजगारीमा युवाको पीडा र समाजको ऐना बनेका ‘गुरुजी साहित्य’
बुढेसकालमा राम भनी मन्दिर पसेर के पाइन्छ र ?
मेरी काली
प्रतिक्रिया