साहको ‘अरबको खजुर’ कविता प्रथम

आइतबार, ०७ असोज २०८०
विराटनगर । विराटनगर–१० स्थित अरनिको आवासीय माविले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा सुवास साहले प्रथम स्थान हासिल गरेका छन् । तीन दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘अरबको खजुर’ शीर्षकको कविता वाचन गरेर साहले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै ‘युवा बनौं कि नबनौं’ कविता वाचन गरे अनुक्रम काफ्ले द्वितीय, ‘नफर्किने बाल्यकाल’ कविता वाचन गरेर करुणा चौधरी तृतीय र ‘मलाई म नै रहन देऊ न’ शीर्षकको कविता वाचन गरेर प्राप्ति अधिकारीले सान्त्वना स्थान हासिल गरे । त्यस्तै अंग्रेजी भाषातर्फको कविता वाचन गर्ने मुनाकिरण सापकोटा प्रथम, इशान लोहनी द्वितीय र रामकृष्ण मेहता तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार भरत गुरागाईं बर्बरिकको निर्णायक समितिले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई निर्णायकद्वय नवोदित र बर्बरिकसहित विद्यालयका सञ्चालक भरतराज दाहाल, विलाश लुइँटेल, योगेश राजभण्डारीलगायतले शिल्ड, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए । विज्ञान संकायको ११ र १२ कक्षामा अध्ययनरत १ हजार ९ सय विद्यार्थीमध्येबाट कविता वाचन गर्न इच्छुक विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिता गराइएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी जनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार