विराटनगर । साहित्यकार गणेश बज्राचार्यद्वारा लिखित ओक्लाहोमाको सेरोफेरो यात्रा संस्मरण संग्रहको विमोचन गरिएको छ ।
१२६ पुष्ठको पुस्तकमा अमेरिका भ्रमणका क्रममा ३६ वटा शीर्षकमा लेखिएका बेग्लाबेग्लै स्वादका संस्मरण समेटिएको छ ।
धरणीधर पुरस्कार प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथिसाहित्यकार प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णराज कोइराला, साहित्यकार मधु पोखरेल, देवी पन्थी, रामबाबु दाहाललगायतले कृति विमोचन गरे ।
विमोचित पुस्तकका विषयमा समालोचक हरिप्रसाद बराल र दिनेश श्रेष्ठले समीक्षा गरेका थिए । अमेरिका भ्रमणका क्रममा देखे भोगेका विषयलाई पुस्तकमा उठान गरिएको समीक्षकहरुले बताए ।
प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष सुरेश श्रेष्ठ, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका सचिव खगेन्द्र संग्रौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया